[FIXED] नेपाल सरकारको एउटा अर्को निकायको वेबसाइटको दुर्दशा

[UPDATE 2014-07-18] – This issue has been fixed.

नेपाल सरकारका मातहत निकायका वेबसाइटहरुको दुर्दशा शिर्षकमा केही दिन अघि नै एउटा लेख प्रकाशित भै सकेको छ । यसै क्रममा नेपाल सरकारको एउटा अर्को निकायको वेबसाइटको दुर्दशा यहाँ प्रस्तुत गरिएको छ, त्यो निकाय हो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

www.tourism.gov.np
www.tourism.gov.np

हाल उक्त वेबसाइटमा विभिन्न सन्देशहरु देखिएका छन् जुन प्रष्ट सँग देख्न सकिन्छ । साथै उक्त वेबसाइट नेपाल सरकारको सबै वेबसाइटहरु संचालन गर्ने निकाय राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रमा नराखी एवं नेपाल भित्रका इन्टरनेट सेवा प्रदायकहरुका सर्भरमा समेत नराखी विदेशी मुलुकमा संचालित सर्भरमा राखी देशका गरिव जनताले तिरेको करको पैसा समत विदेशमा गईरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।

जय होस् ।